दफा ६३
हूलदङ्गा गर्न नहुने

(१) कसैले हूलदङ्गा गर्न वा गराउन हुँदैन ।
(२) कुनै गैरकानूनी भेलाले वा त्यस्तो भेलाको सहभागीले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्ने सिलसिलामा बलप्रयोग गरेमा वा सार्वजनिक वा निजी सम्पत्ति तोडफोड वा हानि, नोक्सानी गरेमा त्यस्तोे भेलाको प्रत्येकसहभागीले हूलदङ्गा गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने प्रत्येक व्यक्तिलाई जोखिमी हातहतियार लिई गरेको भए दुई वर्षसम्म कैद र बीसहजार रुपैयाँसम्म जरिबाना र जोखिमी हातहितयार नलिई गरेको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबानाहुनेछ ।